काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले जुवा खेलिरहेको सूचना पाएपछि छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–१ का ३९ वर्षीय वीरबहादुर तामाङ, ४९ वर्षीय बुद्धीबहादुर तामाङ र २९ वर्षीय राजन तामाङ छन्। त्यस्तै, सिन्धुपाल्चोकका २८ वर्षीय समर तामाङ, ३९ वर्षीय रवि थिङ र ४० वर्षीय प्रवीन तामाङ तथा रामेछापका ३४ वर्षीय बिक्की लामा पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट पाँच लाख ५२ हजार ३०० रुपैयाँ नगद र ६३ वटा कौडा बरामद गरिएको छ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये बिक्की लामा र रवि थिङ यसअघि पनि जुवा खेलेको आरोपमा मुद्दा चलाइएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय