काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ ।
बडादशैंलाई ध्यानमा राख्दै छिटो र प्रभावकारी रूपमा मतगणना सम्पन्न गर्न मंगलबार (आज) पनि २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना व्यवस्थित र मर्यादित रूपमा अघि बढिरहेको छ ।
निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणनालाई तीव्रता दिएको उनको भनाइ छ ।








