काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार पार्टीको निर्देशनपछि काठमाडौं फर्किएका छन्।
कार्यक्रममा सहभागी हुन दाङ पुगेका सुनार मंगलबार नेपालगन्ज हुँदै काठमाडौं फर्किएको रास्वपा दाङका सभापति किरण खनालले जानकारी दिए।
खनालका अनुसार सुनारको पार्टी कार्यालयमा निर्धारित कार्यक्रममा सहभागी हुने योजना थियो। तर, पार्टीबाट निर्देशन आएपछि उनी कार्यक्रममा सहभागी नभई काठमाडौं फर्किएका हुन्।
बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसँग सम्बन्धित भनिएको अश्लील अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।
उक्त अडियो प्रकरणपछि पार्टीले उनीमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको हो।








