काठमाडौं । पाकिस्तान नियन्त्रित कस्मिरमा भारतसँगको सीमा नियन्त्रण रेखा (एलओसी) नजिक बारुदी सुरुङ विस्फोट हुँदा चार युवकको मृत्यु भएको छ।

पाकिस्तानको सूचना विभागका अनुसार सोमबार साँझ एलओसी नजिकै रहेको महेन्दला मदारपुर गाउँमा उक्त घटना भएको हो। विभागले भारततर्फबाट बिछ्याइएको बारुदी सुरुङ विस्फोट हुँदा चार युवकको मृत्यु भएको दाबी गरेको छ।

प्रारम्भिक जानकारीअनुसार चारै युवक गाउँनजिकै खानेपानीको पाइपलाइन मर्मत गर्न गएका थिए। सोही क्रममा अचानक शक्तिशाली विस्फोट भएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

पुछ डिभिजनका आयुक्त सरदार वाहिद खानले युवकहरू हिँड्ने जंगल क्षेत्रमा भारतीय सेनाले बारुदी सुरुङ बिछ्याएको आरोप लगाएका छन्।

घटनाबारे भारत सरकार वा भारतीय सेनाका तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सीमा नियन्त्रण रेखा आसपासको क्षेत्रमा बारुदी सुरुङ विस्फोटको घटनाले सर्वसाधारणको सुरक्षासम्बन्धी चिन्ता बढाएको छ। यद्यपि, विस्फोटको कारण र बारुदी सुरुङ कसले बिछ्याएको भन्ने विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय