काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले वसिर अहमदसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरे। वसिरले ३७, अर्जुन कुमालले ४० र इशान पाण्डेले ३७ रन बनाए।

करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे। उनले ४९औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए।

ओमानका लागि शाह फैजल, सकिल अहमद र करण सोनाभले समान दुई–दुई विकेट लिए।

नेपालले यसअघि शृंखलाको पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय