काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन सोमबार नेप्से ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा पुगेको थियो।

परिसूचकमा सामान्य सुधार देखिएसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

यसदिन ३५१ कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर खरिदबिक्री भएका थिए। कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढ्दा १६७ वटाको घटेको थियो भने सात वटाको मूल्य स्थिर रह्यो।

सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। यता स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घट्दा धौलागिरि लघुवित्तको १२.८७ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फन्ड ३० को ५.२३ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो। कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकको समान २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड र लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उपसमूहगत प्रदर्शनमा बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीवन बीमा समूहका सूचक बढेका छन् भने बाँकी समूहका सूचक घटेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय