काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ। सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

सात दशक लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा भएको यस भेटलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय