सुदूरपश्चिम प्रदेशसभामा बजेटलाई लिएर विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटका प्राथमिकतामाथि छलफल भने जारी रहेको छ ।

सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएर बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजेपछि कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षी दलसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्नुपरेको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । उनले आजदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने जानकारी दिएका छन् ।

यसैबीच, बजेट विवाद समाधानका लागि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ । सहमतिअनुसार संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय भएको जनाइएको छ ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय