‎‎काठमाडौं । हिन्दू धर्मगुरुहरू पुष्कर खतिवडा, आचार्य श्रीनिवास लगायतले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमबार ‘पाँच पाण्डव’ हेरेका हुन् । चलचित्र हेरेपछि हिन्दू धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन् ।
‎
‎हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दू धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन् । ‘पाँच पाण्डव’ले हिन्दू धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षलाई आँच पुर्‍याउने काम नगरेको प्रस्ट भएको बताएका छन् ।
‎
‎पोस्टर र ट्रेलर हेर्दा चलचित्रमा केही समस्या छ कि भन्ने लागेर आफूले आंशका व्यक्त गर्दै केही लेखे/बोले पनि सिनेमा हेर्दा त्यस्तो केही पनि नरहेको बताएका छन् । ‘पाँच पाण्डव’ हेर्नै पर्ने खालको चलचित्र रहेको उनीहरूले प्रस्ट पारे ।
‎
‎“चलचित्रमा द्रोपदी भन्ने पात्र नै छैन । तर पोस्टरमा त्यो थियो । ट्रेलरमा पनि केही कुरा थिए । त्यसैले हामीले विरोध गरेका हौँ,” चलचित्र हेरेपछि हिन्दू धर्मगुरुहरूले भने, “सिनेमामा हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा छैन । उत्कृष्ट सिनेमा बनेको छ । सबैले हेर्नुपर्ने चलचित्र बनेको छ ।”
‎
‎वसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
‎
‎काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।
‎
‎‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय