बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् ।  दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम कार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक रायले अदालतभित्र ब्यारेकमा कार्यरत रहेका कार्की आफ्नै सुत्ने निवासमा मृत भेटिएको बताए । उनकाअनुसार उनी भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय