काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ संस्करणका लागि हुने खेलाडी अक्सनमा १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएलले सार्वजनिक गरेको सूचीअनुसार अक्सनमा ९३९ भारतीय र २८१ विदेशी खेलाडी समावेश छन्।
यसपटकको अक्सनमा नेपालका १० खेलाडीले पनि नाम दर्ता गराएका छन्। विदेशी खेलाडीको सूचीमा नेपालसहित १७ देशका खेलाडी समेटिएका छन्। त्यस्तै, एसोसिएट राष्ट्रका ४२ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन्।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५३ खेलाडीले नाम दर्ता गराएका छन्। दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडी अक्सनको सूचीमा छन्।
त्यस्तै, श्रीलंकाबाट २१, इंग्ल्यान्डबाट १६, अमेरिकाबाट १३, बंगलादेशबाट १२ तथा नेपाल र यूएईबाट समान १०–१० खेलाडीले नाम दर्ता गराएका छन्।
आईपीएलका फ्रेन्चाइज टोलीहरूले यसअघि नै १८४ खेलाडीलाई रिटेन गरिसकेका छन्। उपलब्ध विवरणअनुसार भारतीय ६६ र विदेशी २५ खेलाडीका लागि अक्सनमा प्रतिस्पर्धा हुनेछ।
देशअनुसार अक्सनमा नाम दर्ता गराउने खेलाडीको संख्या :
- भारत : ९३९
- अष्ट्रेलिया : ५३
- दक्षिण अफ्रिका : ४०
- वेस्ट इन्डिज : ३६
- न्युजिल्यान्ड : २५
- अफगानिस्तान : २३
- श्रीलंका : २१
- इंग्ल्यान्ड : १६
- अमेरिका : १३
- बंगलादेश : १२
- आयरल्यान्ड : ७
- जिम्बाब्वे : ६
- नेदरल्यान्ड्स : ३
- क्यानडा : २
- जापान : २
- स्कटल्यान्ड : २
- यूएई : १०
- नेपाल : १०
जम्मा : १ हजार २२० खेलाडी।








