गोरखा । गोरखामा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार दुर्घटना भएको हो।

प्रहरीका अनुसार गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। दुर्घटनाबारे गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

दुर्घटनामा घाइते भएकामध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बस चालक पोखरा महानगरपालिका–३२ निवासी ४० वर्षीय डोलबहादुर विक, ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी निवासी ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ बढी घाइते भएका छन्।

घाइते सबैको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय