काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६६ अंकले बढेर २ हजार ६४७ अंकमा पुगेको छ। अघिल्लो दिन पनि बजार १५.३९ अंकले उकालो लागेको थियो।
परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको हो।
आज कारोबार भएका कम्पनीमध्ये १७० वटाको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
समूहगत परिसूचकतर्फ विकास बैंक समूह सबैभन्दा धेरै ०.९९ प्रतिशतले बढेको छ। जलविद्युत् समूह ०.८८, व्यापार ०.५०, जीवन बीमा ०.५१, लगानी ०.४०, बैंकिङ ०.२४, अन्य ०.१२, निर्जीवन बीमा ०.१० र फाइनान्स समूह ०.०७ प्रतिशतले उकालो लागेका छन्।
यता माइक्रोफाइनान्स समूह ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशतले घटेका छन्।
बुधबार मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशतले बढेको छ। हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९ र छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशतले मूल्य वृद्धि भएको छ।
यसैगरी, उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३० प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ र कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी अग्रस्थानमा रहेको छ। त्यसपछि क्रमशः कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक र शिवम् सिमेन्ट रहेका छन्।








