काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।
‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।
सँगै, जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।उनको यस्तो स्टाटसको काउन्टररमा एमालेका युवा नेताहरूले प्रतिक्रिया लेखिरहेका छन् ।






