काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाको भोटेकोसी बाढीबारे जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवामा आएको बाढीबारे आठ वटा बुँदामा जानकारी गराएका हुन् ।

मन्त्री पुनका अनुसार–

१. तिब्बतमा हिमताल फुटेर बाढी आएको ।

२. टिमुरे, रसुवा गढी र स्याफ्रुबेसीमा अत्यधिक क्षति पुगेको ।

३.२०० मेगावाट जति जलविद्युत आयोजनाहरू पूर्ण रूपमा क्षति भएको

४. उद्धारको लागि ११ वटा हेलिकप्टर खटाइएको ।

५.घाइतेहरूलाई त्रिशूली जिल्ला अस्पतालमा ल्याएर उपचार गर्ने र अरूहरूको लागि धुन्चेमा बस्ने व्यवस्थापन गरेको ।

६. उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी त्यता हिँडेको ।

७. भोटोकोसीकाे शिरतिर बाढी घट्दै छ तर तलतिर बाढी मुगलिन पुग्न लागेको छ ।

८. विपद् व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था सरकारले गरेको छ ।

787726398_1363564342641329_5850121458643579019_n

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय