काठमाडौं । रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ ।

सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राख्नेगरी व्यवस्था मिलाइएको छ । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी गराइन् ।

गुम्बाको मेडिटेसन हलमा पीडितलाई राखिएको छ । अस्थायी बसोबासको अवस्था बुझ्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी, इश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत शुक्रबार गुम्बामा पुगेका थिए ।

‘व्यक्तिगत र संस्थागत सहयोगहरु जुटिरहेको छ । हामीले स्वास्थ्य टोलीको टोली खटाएका छौ,’ नागार्जुन नगरपालिकाको कार्यावाहक प्रमु अधिकारीले भनिन् ।गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढी पीडितको लागी नेपाल रेडक्रस सोसाइटीले ५० थान मण्डी र ५० थान म्याट्रेस उपलब्ध गराएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय