काठमाडौं । टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. १ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ।
विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहकारीले उक्त रकम कोषमा प्रदान गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले आर्थिक योगदान गरेको जनाएको छ।
रकम हस्तान्तरण गर्दै संस्थाका प्रतिनिधिहरूले प्राकृतिक विपद्का समयमा पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताएका छन्। विपद् व्यवस्थापन तथा राहत अभियानमा सरकारसँगै निजी क्षेत्र, सहकारी, सामाजिक संस्था तथा आम नागरिकको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।
सहकारीले प्रदान गरेको रु. १,११,१११ सहयोगले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सञ्चालन भइरहेका सरकारी प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
टुरिजम डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सहायता तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।







