काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्धा’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने सन्तानको कथा समेटिएको छ ।

घर धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथा चित्रण यसमा छ । सन्तान अव्यवहारिक हुँदा मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फसेका छन् भन्ने कुरा पनि ट्रेलरमा देखाइएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवी थापा मुख्य भूमिकामा छन् ।

चर्चित संगीत कम्पोजर समेत रहेका लम्सालको यो डेब्यू निर्देशकीय फिल्म हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

फिल्मलाई वसन्त लम्सालले लेखेका हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता हुन् । सह-निर्माता कृष्ण काफ्ले छन् । यो फिल्म ९ असोजदेखि प्रदर्शन तयारीमा छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय