संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ।
बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धीअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।








