अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेनटेटिभ्स) ले रुसमाथि थप प्रतिबन्ध लगाउने कडा विधेयक पारित गरेको छ। उक्त विधेयकले रुसी तेल र ग्यास खरिद गर्ने प्रमुख राष्ट्रहरू-विशेष गरी भारत र चीनमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने विशेष अधिकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको छ।

बुधबार भएको मतदानमा ‘लिन्डसे ओ. ग्राहम रुस तथा इरानमाथि प्रतिबन्ध लगाउने ऐन, २०२६’ नाम दिइएको विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत खसेको थियो।

गत अगस्ट महिनामा माथिल्लो सदन (सिनेट) ले ८६-११ को भारी बहुमतले पारित गरिसकेको यो विधेयक अब अन्तिम स्वीकृतिका लागि ह्वाइट हाउस पठाइएको छ। राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि यसले औपचारिक कानुनको रूप लिनेछ।

यो विधेयकको नामाकरण यस नीतिको नेतृत्व गर्ने दिवङ्गत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको सम्मानमा गरिएको हो। कानुन कार्यान्वयनमा आएपछि रुसी अधिकारीहरू, वित्तीय संस्थाहरू तथा ऊर्जा र रक्षा क्षेत्रमाथिको प्रतिबन्ध थप कडा हुनेछ। यसका साथै, पश्चिमी प्रतिबन्धहरू छलेर तेल ओसारपसारमा प्रयोग हुँदै आएका रुसका ‘स्याडो फ्लिट’ (गुप्त ट्याङ्करहरू) माथि पनि कडा निगरानी र कारबाही गरिनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय