काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले डा.सापकोटाविरुद्ध  २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका आकर्षक कार्यालयमा कार्यरत रहेको अवधिमा काठमाडौंलगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको,महंगो सवारीसाधन खरिद गरेकोलगायतका अमिल्दो जीवन बिताएको भन्ने उनीविरुद्ध उजुरी परेको थियो।

सोही उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा डा.सापकोटाले उक्त अवधिमा गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको खुल्न आएको अख्तियारको दाबी छ।

पदीय हैसियतको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएपछि डा.सापकोटाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

डा.सापकोटाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती निरजा पण्डितको नाममा समेत रहेको देखिएकाले उक्त सम्पत्ति जफत गर्न समेत माग गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय