धनकुटा नगरपालिका वडा नं. १ हिलेस्थित एक होटलबाट लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको टोलीले हिलेस्थित माउन्टेन होटलमा छापा मारेको थियो ।

छापा मार्दा होटलबाट प्लास्टिकसहित ३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषधसहित सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बयरवनका ३७ वर्षीय मनिष अधिकारी, बराहक्षेत्र–१ भण्डारीटारका ३१ वर्षीय अजय साह र भोजपुर नगरपालिका–७ डाँडागाउँका ३८ वर्षीय सन्तोष खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय