इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।आज बिहान ३:०० बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । बरामद गरिएको गाँजासहित भोक्राहानरसिंह गाउँपालिका –०५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय