काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेको छ।
सोमबार बिहान शहीद लखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा गाडी दुर्घटनामा परेको हो। सडकबाट गाडी खोल्सामा खस्दा एक जनाको मृत्यु भएको छ। १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गाडीमा सवार रहेका चितवनको खैरहनी नगरपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूको उद्धार गरी तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ।






