सेयर बजारमा पछिल्लो समय उच्च सुधार देखिँदैछ। विगत तीन कारोबार दिनमा नेप्सेले करिब १३३ अंक जोडेको छ।

केही समयदेखि २९०० विन्दुमा प्रतिरोध सामना गरिरहेको नेप्सेले सो प्रतिरोध तोड्ने सम्भावना देखिएको छ। आइतबार बजार बन्द हुँदा २९३१ विन्दुमा आइपुगेको छ। यो आठ महिनायताकै उच्च विन्दुमा आइपुगेको हो।

बजार उच्चले बढ्दा आइतबार व्यापारमूलक बाहेक सबै समूहगत परिसूचकमा सुधार भयो। आइतबार वित्त कम्पनी समूह सबभन्दा धेरै २.१३ प्रतिशतले बढेर २६८५ विन्दुमा छ। अहिले वित्त कम्पनी समूहले २७०० को तहमा लक्ष्य ताकिरहेको छ। यो तह पार गर्न सकेमा २९ सयको लक्ष्य भेट्नेछ।

मूहमा पनि बिहीबार र आइतबार दुवै दिन लामो शरीर भएका मैनबत्ती चित्र बनेका छन्। यी दुई दिनको मैनबत्तीको शरीरबीच खासै दुरी (ग्याप) छैन।  मैनबत्ती चित्रले सोमबारको कारोबार हेरेर लगानी निर्णय लिनु सही हुने संकेत गरिरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय