![](https://satyasambad.com/wp-content/uploads/2020/10/train-rail.png)
थाइल्यान्डमा बस र रेल ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ।
‘मृत्यु हुनेको संख्या १७ पुगेको छ’, जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ।
प्रान्तका गभर्नर माइट्री ट्रिटिलानोन्दले पत्रकारहरूलाई २९ जना घाइते भएको बताएका छन्। मृत्यु हुनेको र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
दुर्घटनापछिका सामानहरू छरपस्ट भएको, शवहरू रेलको ट्र्याकमा राखिएको तस्बिर सार्वजनिक भएका थिए। पल्टिएको बसलाई क्रेनले हटाउनु पर्ने रेस्क्यूमा खटिएका अधिकारीहरूले बताएका थिए।
मन्दिर जान गुडेको बसमा ६५ जना यात्रु थिए। प्रमुख जिल्ला अधिकारी पार्थिउङ्ग योकास्सीमका अनुसार झरी परिरहेको कारण चालकले रेललाई नदेखेकाले दुर्घटना भएको हुन सक्छ।