असोज १६ । विगत १९ औं दिन देखि विभिन्न माग राख्दै अनसन बसेका डा. गोविन्द के.सि.लाई नेपालको पहिलो राष्टपति एवं पूर्व राष्टपति डा.रामवरण यादवले पनि अस्पतालमा नै गई एकवद्धता जनाएका छन् । उनले भेटमा डा. के.सि. राष्ट्रको अमूल्य सम्पति भएको समेत बताएका छन् ।
डा. यादवसँगको भेटमा डा.के.सि. निकै भावुक भएका थिए भने यादव पनि के.सि. सँगै भावुक मुद्रामा थिए । डा. के.सि. को अवस्था निकै नाजुक अवस्थामा पुगेको छ तर उनले अझै पनि उपचार र औषधी समेत बहिष्कार गर्दै आएक छन् । स्वास्थ्य क्षेत्रको सुधार लगायत विभिन्न माग राखेर डा. के.सि.ले जुम्लाबाट भदौ १९ गते देखि सत्याग्रह सुरु गरेका थिए । डा. के.सिको अनसनमा पार्टीका नेत पूर्व प्रधानमन्त्रि, मन्त्री तथा बुद्धिजिवीको एकवद्धता बढ्दै गएको छ तर सरकारले भने औपचारिक वार्ताको लागि कुनै पहल गरेको छैन । सरकारका प्रवत्ता तथा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले विहिवार मन्त्रि परिषदको पत्रकार सम्मेलनमा अहिले अनशन बस्ने समय नभएकोले फिर्ता लिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय