काठमाडौं । बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ । यो भन्दा पहिले चैत्र २१ गते कायम सुनको मूल्य एक लाख ८० हजार ३०० रुपैयाँलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

यस दिन चाँदीको तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय