काठमाडौं, साउन १० – काठमाडौंको बागबजारस्थित के.एम.सी.कलेज प्रशासनले विद्यार्थीहरूलाई मानसिक तथा शारीरिक यातना दिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), उपत्यका विशेष प्रदेश समितिले कडा विरोध जनाउँदै कलेज प्रशासनलाई कानुनी कारबाहीको माग गरेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै संगठनले शिक्षा क्षेत्रमा भइरहेको व्यावसायिकिकरण, मनपरी शुल्क, अनावश्यक यातना र शोषणको घटनाले विद्यार्थीहरूलाई निराश, त्रसित र आक्रोशित बनाएको बताएको छ। क्याप्सन कलेज प्रशासनले विद्यार्थीमाथि गरिएको दुर्व्यवहारले विद्यार्थीको मृत्यु हुनसक्ने अवस्थासमेत सिर्जना भएको भन्दै यस्तो अमानवीय व्यवहार तत्काल रोक्न चेतावनी दिइएको छ।

संगठनले स्पष्ट रूपमा भनिएको छ कि विद्यार्थीलाई नाफा कमाउने साधन मात्र सम्झेर गरिएको कलेज प्रशासनको व्यवहारले शिक्षा क्षेत्रलाई थप व्यापारिकरणतर्फ धकेलिरहेको छ। भविष्यमा यस्तै गतिविधि दोहोरिएमा क्याप्सन कलेजलाई बन्द गर्न बाध्य हुने चेतावनी दिइएको छ।

कार्यवाहक अध्यक्ष जनक ढुंगानाले भने, “शिक्षा बेच्ने होइन, बाँड्ने हो भन्ने दृष्टिकोण सँगसँगै विद्यार्थीको आत्मसम्मान रक्षा हाम्रो पहिलो दायित्व हो। यदि यस्तो व्यावसायिक दमन रोकिएन भने हामी जनताका छोराछोरीको भविष्यका लागि सडकदेखि क्याम्पससम्म आन्दोलनमा उत्रन पछि हट्ने छैनौं। साथै, सरकारले यस्ता घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ।”

प्रेस विज्ञप्तिमा जनक ढुंगाना, कार्यवाहक अध्यक्षको हस्ताक्षर रहेको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय