अर्घाखाँची सिमेन्टको व्यापार १४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को ९ महिनाको अवधिको तुलनामा गत आव (सन् २०२६ वा आव २०८२/८३)को सोही अवधिमा १४ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड २० लाख रुपैयाँको सिमेन्ट बेचेको छ। अघिल्लो आवभर कम्पनीले ५ अर्ब ८७ करोड २० लाख रुपैयाँको सिमेन्ट बेचेको थियो । यसैगरीसन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार गत आवको ९ महिनाको अवधिमा परिमाणात्मक रुपमा बढी बिक्री हुँदा व्यापार बढेको हो । गत आवमा सिमेन्ट निर्यात उच्च छ । कम्पनीको कुल व्यापारमध्ये २५ प्रतिशत सञ्चालन नाफा मार्जिन छ । अघिल्लो आवमा यस्तो मार्जिन २२ प्रतिशत थियो ।

गत आवको ९ महिनाको अवधिमा अर्घाखाँचीको गियरिङ अनुपात ०.७२ गुणा छ । अर्थात्, निकै कम ऋणमा चलिरहेको छ । त्यस्तै, कुल बाह्य दायित्व ट्यान्जिबल नेट वर्थ बराबर छ । कम्पनीका कुल ऋण तथा सञ्चालन नाफा र ऋण सेवा कवरेज अनुपातमा पनि सुधार आएको छ । कम्पनीको कुल ऋण सञ्चालन नाफाको २.१३ गुणा छ । साथै, सञ्चालन नाफा किस्ताभन्दा २.९५ रहेको छ । सन् २०२५ को ९ महिनाको अवधिमा यी अनुपात क्रमशः २.८५ गुणा र २.०५ गुणा थिए ।

कम्पनीले कारोबार गरेकोमध्ये सन् २०२४ मा निर्यातको हिस्सा १२ प्रतिशत थियो । सन् २०२५ मा घटेर ५ प्रतिशतमा झरेको थियो । तर, गत आवको ९ महिनाको अवधिमा पुनः सुधार भई निर्यातको हिस्सा १२ प्रतिशत पुगेको छ ।

सन् १९९८ मा डाइनेस्टी इन्डष्ट्रिज नेपालको नाममा दर्ता भएको कम्पनी सन् २०११ मा अर्घाखाँची सिमेन्ट प्रालिमा परिणत गरेको थियो । पछि पुनः कम्पनीलाई सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत गरी अर्घाखाँची सिमेन्ट लिमिटेड बनाइएको हो । कम्पनीले क्लिङ्कर र सिमेन्ट उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्ने क्लिङ्कराइजेसन युनिट र ८ लाख मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने ग्रान्डिङ युनिट छन् । कम्पनीमा १६ जना व्यक्तिगत लगानी छन् । जुन तीन वटा व्यवसायिक घरानाका छन् ।

कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत र केडिया ग्रुपको १७.५ प्रतिशत हिस्सा छ । साथै १७.५ प्रतिशत हिस्सा भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी अर्घाखाँची सिमेन्ट ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले इक्राबाट दीर्घकालीन २ अर्ब २७ करोड ९० लाख रुपैयाँ बैंक सुविधाका लागि डबल बीप्लस र १ अर्ब ७९ करोड ७० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एफोर प्लस रेटिङ पाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय