भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाए । ६० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि टर्कीले गोल गर्न सकेन । खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय