साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।
आज बजार सुरुवाती समयमा केही बढे पनि त्यसपछि उतारचढावपूर्ण रहँदै अन्ततः ओरालो लागेर बन्द भएको छ। बजार घटे पनि कारोबार रकममा भने राम्रो उत्साह देखिएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
बजार घटे पनि दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।






