विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज चार पटकको विजता जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने छ।
यी दुईबीचको खले आजराति पौने ११ बजे अमेरिकाका हस्टनमा भएको छ। सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणमै बिदा भएकाले पनि जर्मनी यस पटक पहिलो खेलमै सतर्क भएर खेल्ने छ ।
कुराकाओ विश्वकपमा खेल्ने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्रका रूपमा इतिहास रच्दै छ। कुराकाओ विश्वकपमा चयन हुने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्र हो। कुराकाओको क्षेत्रफल मात्र १७१ वर्ग माइल र जनसङ्ख्या करिब एक लाख ५६ हजार रहेको छ।
नवप्रवेशी कुराकाओका लागि दाबेदार जर्मनीसँगको पहिलो खेल विश्वकपमा गजबको परिचय हुन सक्छ। यसअघि कुराकाओ लामो समय नेदरल्यान्ड्सको औपनिवेशिक राष्ट्र थियो।






