काठमाडौँ :१६ वर्ष लामो पर्खाइको अन्त्य गर्दै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलसमा भएको श्वास रोकिने खालको महाभिडन्तमा बेल्जियमलाई २–१ गोलले स्तब्ध पार्दै पूर्व विजेता स्पेनले अन्तिम चारको टिकट काटेको हो ।

खेल सकिन मात्र २ मिनेट बाँकी छँदा मिकेल मेरिनोले गरेको सनसनीपूर्ण गोल नै स्पेनका लागि निर्णायक बन्यो । ८८औं मिनेटमा पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलकिपरले रोक्न खोजे पनि बल उछिट्टिँदा मेरिनोले रिबाउन्डमा कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए ।

त्यसअघि, खेलको ३०औं मिनेटमा फेबियन रुइजको उत्कृष्ट गोलमार्फत स्पेनले सुरुवाती अग्रता लिएको थियो । तर, त्यसको ११ मिनेटपछि बेल्जियमका चाल्र्स डे केटलेरले हेडर गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

मैदानमा पूर्ण दबदबा बनाएको स्पेनले बेल्जियमको पोस्टमा १६ पटक आक्रमण बुन्दा बेल्जियमले मात्र ५ पटक प्रयास गर्न सकेको थियो ।

१७औं पटक विश्वकप खेलिरहेको स्पेनको इतिहासमा यो तेस्रो सेमिफाइनल यात्रा हो । सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि लगातार असफल हुँदै आएकोमा यसपटक धमाकेदार कमब्याक गरेको हो । अर्कातर्फ, बलियो मानिएको बेल्जियमको यात्रा भने क्वार्टरफाइनलमै सकिएको छ ।

अब फाइनल प्रवेशका लागि स्पेनले सेमिफाइनलमा अर्को बलियो टोली फ्रान्सको सामना गर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय