काठमाडौं: वीर अस्पताल परिसरमा प्रहरीको उपस्थिति ह्वात्तै बढाइएको छ। बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको शुक्रबार अस्पतालमै मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
अप्रिय घटना नघटोस् भनी अस्पतालका संवेदनशील क्षेत्रहरूमा प्रहरीहरू लामबद्ध भएर तैनाथ गरिएका छन्। युवाको मृत्युको खबरले अस्पताल परिसरमा मानिसहरूको भिडभाड निकै बढेको छ। उपचारका लागि देशैभरिबाट आएका बिरामी र उनीहरूका आफन्तहरू अहिले अस्पताल परिसरमा निकै अलमल्ल र चिन्तित मुद्रामा देखिन्छन्। प्रहरीले अनुसन्धानका लागि तीन जना महानगरका नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।






