खेलकुदमा बिकराल अवस्था, सुध्रेनन नेता सुध्रेन खेलमैदान -दशरथ रंगशाला !
२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कपको प्लेअफमा मंगलबार काठमाडौंको दशरथ रंगशालामा नेपालको चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रतिस्पर्धा भइरहेको छ ।
भुटानी र नेपाली क्लबमा पनि विदेशी खेलाडी धेरै छन् । उनीहरु हिलोमा खेल्नुपर्दा अप्ठ्यारो मानिरहेका छन् । हिलोका कारण खेलाडीहरुले खुलेर खेल्न सकेका छैनन् । बल राम्रैसँग गुडेको छैन। बल हान्दा खेलाडीहरु लडिरहेका छन् ।
भरिभराउ दर्शकमाझ भइरहेको प्रतिस्पर्धा भने हिलोका कारण त्यति रोचक रहन सकेको छैन । करिब ९ महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको उक्त मैदान हिलाम्य देखिएको छ ।
मंगलबार दिनभर पानी परेका कारण पनि मैदान हिलो भएको छ । धेरै हिलो भएका कारण खेलाडीहरु समेत हिलाम्य भएका छन् । प्रतियोगितामा भुटानी टिमबाट जापानका विश्वप्रसिद्ध खेलाडी केसुके होण्डा पनि खेलेका छन् ।
भुटानी र नेपाली क्लबमा पनि विदेशी खेलाडी धेरै छन् । उनीहरु हिलोमा खेल्नुपर्दा अप्ठ्यारो मानिरहेका छन् । हिलोका कारण खेलाडीहरुले खुलेर खेल्न सकेका छैनन् ।
बल राम्रैसँग गुडेको छैन। बल हान्दा खेलाडीहरु लडिरहेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :