काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूका लागि संसद् बैठक अनुपस्थिति आवेदन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ।

संसद्मा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद् बैठक छाड्नुपर्ने लगायतका चार वटा विकल्पको  अवस्थामा संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रास्वपा सांसदहरूका लागि उक्त फारमको व्यवस्था गरिएको हो ।

संसद् बैठकमा पुरै उपस्थित हुन नसक्ने,बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको रास्वपाले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय