नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन् ।देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।






