गुल्मीको कालीगण्डकी गाउँपालिका–४ जोखुममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाको भाङखर्क निवासी करिब ६५ वर्षीय फटिकबहादुर पुन रहेका छन्।
सोमबार बिहान जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरेटो बाटोबाट करिब १००/१५० मिटर तल भित्री कच्ची सडकको छेउमा उनी लडेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।






