काठमाडौं । अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा ३५ जना बढी फसेको भन्दै आफन्तले उद्धारको माग राखेका छन् ।
इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
यसअघि, कपिलवस्तुकी सीता अधिकारीले पनि आफ्नो श्रीमानसहितका कर्मचारी कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनाको टनेलमा फसेको हुन सक्ने भनेर उद्धारको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन् ।
इन्जिनियर विनोद पाण्डेको आफन्तका अनुसार ३५ जना बढी सुरुङभित्र थुनिएको जानकारी आएको छ ।आफन्तजनले उद्धारको प्रयास भइरहेको भन्दै विष्टले स्वदेशी उपकरणबाट उद्धार सम्भव नभए विदेशबाट आवश्यक उपकरण मगाएर भए पनि सुरुङ खोलेर उद्धार गर्नुपर्ने बताएका छन् ।








