काठमाडौँ। आज बिहानै ९ बजे धोबिचौर स्तिथ पब्लिक युथ क्याम्पसमा त्हाँका कर्मचारीहरुले शान्तिपूर्ण ढंगबाट केहि मागपत्रका साथ क्याम्पसको प्राङ्गणमा
हाम्रो माग पुरा गर भन्दै हातहातमा मागपत्र देखियो। सो मागपत्रमा निम्न बिषयलाई इंकित गरिएको थियो।

१. त्रि.वि. मा वर्षीदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर ।

२. नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रि.वि.मा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि तुरुन्तै लागू गर ।

३. रिक्त दरवन्दीमा विज्ञापन तुरुन्त गर ।

४ लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नति सुनिश्चित गर ।

५. संचित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर ।

६. विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारु गर ।

पब्लिक यूथ क्याम्पस त्रि.वि. कर्मचारी संघ, एकाइका सभापती रामेश्वोर श्रेष्ठ भन्नुहुन्छ, हामीले माग गरेका बिषय जायज छन्। हामीलाई यस आन्दोलनमा सहयोग गरिदिनुहुन पनि म यहीं बाट अनुरोध गर्दछु।
तस्बिरहरु;

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय