काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । जसअनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् । यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो । तर भदौ १० मा  भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनारका वस्ती बगरमा परिणत भएपछि बालेनले आफैं गएर बाढीको कारण र जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराइ क्षतिपूर्तिको माग गर्न लागेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय