काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको सुरक्षा सेवाका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ ।

एकाइले बिहीबार एक सूचना प्रकाशित गर्दै योग्य बोलपत्रदाताहरूबाट राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत दरखास्त माग गरेको हो ।

सूचना अनुसार धरहराको सुरक्षा सेवा कार्यको अनुमानित लागत (भ्याट र कन्टिन्जेन्सी बाहेक) ४४ लाख ११ हजार ५ सय ७१.९२ रुपैयाँ तोकिएको छ । यसका लागि बोलपत्रदाताले जमानत  बापत १ लाख १० हजार रुपैयाँ  राख्नुपर्नेछ ।

इच्छुक कम्पनी वा फर्मले असोज २१ गते साँझ ५ः०० बजेभित्र बोलपत्र पेस गरिसक्नुपर्नेछ । दर्ता भएका बोलपत्रहरू भोलिपल्ट असोज २२ गते दिउँसो १ः०० बजे खोलिने सूचनामा उल्लेख छ । यस प्रक्रियामा अनलाइन नभई हार्ड कपी मात्र स्वीकार गरिने एकाइले प्रस्ट पारेको छ ।

image
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय