काठमाडौं । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो ।
रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ । सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको प्रहरीले जानकारी दिएको छ । बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।






