मौसमी बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने हवाई उडान प्रभावित बनेको छ । शुक्रबार प्रतिकुल मौसम भएकाले उडान हुन नसकेको हो ।
बिहानदेखि नै भिजिबिलिटी कमजोर हुँदा विमानस्थलका अधिकांश उडान प्रभावित भएको हो । आज तीन वटा अन्तर्राष्ट्रिय विमान अवतरण हुन सकेनन्। जसकारण ती विमानलाई डाइभर्ट गरिएको छ ।
शुक्रबार मलेसियाबाट नेपाल आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट गरिएको छ। यसैगरी, कतारको दोहाबाट आएको विमान भारतको कोलकाता डाइभर्ट भएको छ भने चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट गरिएको छ ।
यसका साथै, मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएको छ । आज काठमाडौँबाट पोखरा र भरतपुरका अधिकांश उडान डिले भएका छन् । यस्तै, केही उडान रद्द पनि भएका छन् ।






