गोरखा — हिमालय हब एडभेन्चर प्रा.लिका सञ्चालक प्रकाश लामिछानेले गोरखाको भिमसेनथापा गाउँपालिका–४, धावा स्थित श्री प्रभाव माध्यमिक विद्यालयका करिब ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

काठमाडौंको ठमेलमा रहेको ट्राभल कम्पनीका प्रबन्ध निर्देशक लामिछानेले यसअघि पनि गोरखाकै विभिन्न विद्यालयहरू, संस्कृत मावि, सरस्वती प्रावि, साथै बुढीगण्डकी वृद्धाश्रममा आवश्यक सामग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छन्।

वितरण कार्यक्रममा सोही कम्पनीका सिइओ पुरु रिमाल, स्थानीय बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापकले इतिहासमा पहिलोपटक यसरी आफ्ना विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै हिमालय हब एडभेन्चरलाई धन्यवाद दिए। साथै, आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा राखिएको उनले उल्लेख गरे।

प्रकाश लामिछानेले आफ्नो संस्थाले शिक्षा र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै आएको बताउँदै, विद्यार्थीहरूको नेतृत्व विकास र रचनात्मक गतिविधिहरूका लागि भविष्यमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली गाउँ समाजलाई सशक्त बनाउन विदेशी पर्यटकहरूसँग सहकार्य गरी आवश्यक सहयोग प्रदान गर्ने योजनामा आफूहरू सँधै तत्पर रहेको उल्लेख गरे।

समाजसेवा र पर्यटनको उत्कृष्ट संयोजन

हिमालय हब एडभेन्चरले व्यवसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वलाई समेत महत्व दिँदै आएको देखिन्छ। पर्यटनबाट प्राप्त आम्दानीको एक हिस्सा शिक्षा, समाज तथा वृद्धवृद्धाहरूको सेवामा लगानी गर्न लामिछाने नेतृत्वको टिम प्रतिबद्ध देखिन्छ।

यस प्रकारका सामाजिक कार्यहरूले स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याउनुका साथै पर्यटन क्षेत्रको सकारात्मक प्रभावसमेत देखाउँछन्। भविष्यमै पनि यस्ता कार्यहरू निरन्तर जारी रहने अपेक्षा गर्न सकिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय