काठमाडौं, २०८१ फागुन १ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पब्लिक युथ क्याम्पस समितिले निर्वाचन प्रक्रियालाई तुरुन्त अघि बढाउन माग गर्दै एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा संगठनले आफू नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने प्रगतिशील विद्यार्थी संगठन भएको बताउँदै हालै निर्वाचन समितिले मतदाता नामावली संसोधन गरेको विषयलाई स्वागत गरेको छ। संगठनले यसअघि नै निर्वाचन स्थगनको विषयमा ध्यानाकर्षण गराइसकेको बताउँदै, अब चुनावी प्रक्रियामा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएको छ।

संगठनका संयोजक रोशन कालिकोटेले जारी गरेको विज्ञप्तिमा निर्वाचन समितिले संगठनका मागहरू स्वीकार गरेपछि उनीहरूले तालाबन्दी खोलेर चुनावी प्रक्रियामा सहभागी हुने निर्णय गरेको उल्लेख छ। साथै, चुनावलाई निष्पक्ष बनाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ।

अखिल (क्रान्तिकारी) ले विद्यार्थीका हक, हित र अधिकारको रक्षा गर्दै आफ्नो संगठन सधैं अग्रसर रहने प्रतिबद्धता दोहोर्‍याएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय