नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सँग टुक्रिएर गएका पुर्व सहकर्मिहरुलाई एकतामा आउन आव्हान गरेका छन् । पार्टी कार्यालय धुम्बराहीमा अन्य विभिन्न पार्टीमा रहेका नेताहरुलाई पार्टी प्रवेश कार्यक्रममा उनले उक्त आव्हान गरेका हुन । प्रदेश २ का संयोजक प्रभु शाहको पहलमा राजपा लगायत अन्य पार्टीमा रहेकाहरुलाई प्रचण्डले टिका लगाए पार्टी प्रवेश गराएका हुन ।
प्रचण्डले पार्टी प्रवेश कै प्रसंगमा विभिन्न पार्टी बनाएर बसेका नेकपाका संयोजक नेत्र बिक्रम चन्द विप्लप, क्रान्तिकारीका संयोजक मोहन बैद्य र राजपाका नेता बाबुराम भट्टराईलाई पुरानै घर फर्कन आग्रह गरेका हुन । उक्त कार्यक्रममा प्रचण्ड एक दिन जसरी पनि एकतामा आउनु पर्ने विश्वास समेत व्यक्त गरेका छन् ।