काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५५ अंक घटेर २५८०.१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ ।

बुधबार प्रि ओपन सेसनमा ३५ स्टकको ४२ पटकको कारोबारमा ९ लाख ३७ हजार २७७ रुपैयाँ ५० पैसाबराबरको १ हजार ८२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय