प्रदेश नं ५ को राजधानी दाङ जिल्लाको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश भपछि बुटवल बजार तथा आसपासका क्षेत्र तनावग्रस्त बनेको छ । प्रस्ताव पेश लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आन्दोलनको घोषणा गरेका हो । कांग्रेसका कार्यकर्ताहरुले बुटवल, लगायत विभन्नि स्थानमा सडकमा आएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनमा सरकारी गाडी तोडफोड हुनुका साथै आगजानी समेत भएको छ । उनिहरुले नेकपाका महासचिवले विष्णु पौडेलले अर्थमन्त्रीसँगा राजधानी साटेका र बुटवलसवासीलाई धोका दिएको समेत आरोव लगाएका छन् । प्रर्दशनकारीले महासचिव पौडेलका विरुद्धका नारा समेत लगाएका छन् ।
प्रदेशको अस्थायी राजधानी बुटवल बनेका लगभग तिन वर्ष पछि प्रदेश नं. ५ ले आज राजधानी र प्रदेशको नाम प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा नेकपाका दुइ अध्यक्षहरु अध्यक्ष एवं प्रधानमन्त्री केपि. शर्मा र अर्का कार्यकारी अध्यक्ष प्रचण्डको सहमति छ ।